You are viewing the translated version of मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति.

Section 24
मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति
(१) नेपाल सरकारका सबै मन्त्रालयमा देहाय बमोजिमको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति रहनेछ:ः-
(क) सम्बन्धित मन्त्री - अध्यक्ष
(ख) सम्बन्धित राज्यमन्त्री वा सहायक मन्त्री - सदस्य
(ग) सदस्य, आयोग (सम्बन्धित विषयगत क्षेत्र हेर्ने) - सदस्य
(घ) सचिव, नेपाल सरकारको सम्बन्धित मन्त्रालय - सदस्य
(ङ) सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विषय हेर्ने) - सदस्य
(च) सहसचिव, अर्थ मन्त्रालय (अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विषय हेर्ने) - सदस्य
(छ) सहसचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(मानव स्रोत सम्बन्धी विषय हेर्ने) - सदस्य
(ज) सहसचिव, आयोग (अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विषय हेर्ने) - सदस्य
(झ) सहसचिव, आयोग (विषय क्षेत्रगत महाशाखा) - सदस्य
(ज) प्रमुख, सम्बन्धित मन्त्रालय अन्तर्गतका: विभाग - सदस्य
(ट) सहसचिव, सम्बन्धित मन्त्रालय (योजना सम्बन्धी विषय हेर्ने) - सदस्य
(ठ) सहसचिव, सम्बन्धित मन्त्रालय (अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विषय हेर्ने महाशाखा) - सदस्य-सचिव
(२) उपदफा (१) बमोजिमको समितिको बैठकमा आवश्यकता अनुसार सम्बन्धित विषयका विज्ञ वा सम्बन्धित योजनाका पदाधिकारीलाई आमन्त्रण गर्न सकिनेछ ।
(३) उपदफा (१) बमोजिमको समितिको बैठक द्वैमासिक अवधिमा कम्तीमा एक पटक बस्नेछ।
(४) उपदफा (१) बमोजिमको समितिको बैठक तथा निर्णय सम्बन्धी कार्यविधि सोही समितिले निर्धारण गरे बमोजिम हुनेछ।